प्रधानमन्त्री शाहलाई कालो चस्मा लगाउन चिकित्सकको सुझाव

theoutsidenepal.com

प्रधानमन्त्री शाहलाई कालो चस्मा लगाउन चिकित्सकको सुझाव

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई चिकित्सकहरूले आँखाको सुरक्षाका लागि सनग्लास (कालो चस्मा) प्रयोग गर्न सुझाव दिएका छन्।

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्री शाहले आँखाको परीक्षण गराएका थिए। उज्यालो प्रकाशमा हेर्न कठिनाइ हुने गुनासोपछि गरिएको परीक्षणका आधारमा चिकित्सकहरूले आँखालाई तेज प्रकाशबाट जोगाउन सनग्लास प्रयोग गर्न सिफारिस गरेका हुन्।

चिकित्सकले आवश्यकताअनुसार आई ड्रप प्रयोग गर्नसमेत सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने चिकित्सकीय सुझाव र स्वास्थ्य परीक्षणसम्बन्धी विवरणसहितको पत्र संघीय संसद् सचिवालयमा पठाइएको जनाइएको छ।

चिकित्सकको सुझावअनुसार प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रम तथा बाहिरी गतिविधिका क्रममा सनग्लास प्रयोग गर्नेछन्।

प्रतिक्रिया