कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार आनन्द बिष्ट ‘गोरख’ जनता माझ अत्यधिक लोकप्रिय बन्दै जानुभएको छ। बौद्धिक व्यक्तित्व, समाजसेवामा अथक योगदान र सबैका प्रिय मान्छेका रुपमा चिनिएका आनन्द दाइलाई नागरिकहरूले अत्यधिक माया र विश्वास देखाइरहेका छन्।
उनको अभियान “रुख चिन्ह” (#VoteForTree) अन्तर्गत घरदैलो, भेटघाट तथा जनसभामा सहभागिता जनाउँदै मतदातासँग नजिकको सम्बन्ध स्थापित गरिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव भएका आनन्द बिष्टलाई नागरिकहरूले विकास, समृद्धि र जनहितको प्रतीकका रूपमा मान्दै जनताको अभूतपूर्व समर्थन प्राप्त भएको छ।
उम्मेदवार बिष्टले समाजको सबै तहका मानिससँग सहकार्य गर्दै क्षेत्रीय विकास, रोजगारी सिर्जना र शिक्षा स्वास्थ्य सुधारमा आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
जनताले यस चुनावमा रुख चिन्हमा मतदान गरेर कांग्रेसका उम्मेदवार आनन्द बिष्ट ‘गोरख’ ज्युलाई विजयी गराउने आह्वान जारी गरिएको छ।