क्यालिफोर्नियाको Everest Cuisine मा DoorDash मार्फत ऐतिहासिक अर्डर: ५.३ फिट लामो अर्डरले कमायो हजारौं डलर

theoutsidenepal.com

क्यालिफोर्नियास्थित Everest Cuisine ले हालै अमेरिकी इतिहास रच्दै ठूलो चर्चा बटुल्यो। रेस्टुरेन्टले DoorDash मार्फत एकैपटक ५.३ फिट लामो अर्डर पायो, जसबाट हजारौं डलर कमाउन सफल भयो।


यो अनौठो रेकर्डले Prince Yubaraj Karki र Aniel R Pandey नेतृत्वको टोलीलाई उत्साहित बनाएको छ। साथै, Sagar thapa, Dhiraj Karki र Everest Cuisine को टिमले गर्दा यस ऐतिहासिक अर्डर सफलतापूर्वक पूरा गर्न महत्वपूर्ण भूमिका खेले।


Everest Cuisine का लागि यो नयाँ उपलब्धि हो, जसले रेस्टुरेन्टको लोकप्रियता र DoorDash मार्फत ग्राहक सेवा क्षमताको अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गरेको छ। सामाजिक सञ्जालमा यो घटना भाइरल बनेको छ र खानेकुरा प्रेमी समुदायमा उत्साह र चर्चा बढाइरहेको छ।


एभरेस्ट कुजिनले डोरड्याससँग लामो समयदेखि सहकार्य गर्दै आएको छ, र यो अवस्थामा, डोरड्यासको सिफारिशमार्फत हामीले यो ऐतिहासिक अर्डर प्राप्त गरेका हौँ। डोरड्यासले पनि हामीलाई सम्मान व्यक्त गरेको छ। व्यक्तिगत रूपमा, डोरड्यासका सीईओ टोनीले हामीलाई फोन गरेर बधाई दिनुभयो। यो हाम्रो टिमका लागि एउटा ऐतिहासिक उपलब्धि जस्तो लाग्छ। बधाई छ— सबै क्रेडिट मेरो टिमलाई जान्छ। धन्यवाद!

प्रतिक्रिया