युवा नेता मदन राज उपाध्यायले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

theoutsidenepal.com

युवा नेता मदन राज उपाध्यायले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता 

काठमाडौं । द टन न्युज । विशेष रिपोर्ट

नेपाली कांग्रेसका युवा नेता मदन राज उपाध्यायले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय समिति सदस्यको युवा खुलातर्फ उम्मेदवारी दर्ता गराएका छन्।

नयाँ पुस्ताको भावना, अपेक्षा र आकांक्षालाई कांग्रेसको नीति, नेतृत्व र संगठनसँग जोड्ने उद्देश्यसहित आफू उम्मेदवारीको मैदानमा आएको उपाध्यायले बताएका छन्।

उम्मेदवारी दर्तापछि आफ्नो धारणा सार्वजनिक गर्दै उपाध्यायले ‘नवीन कांग्रेस बनाउने संकल्प’ सहित अघि बढेको बताएका छन्। उनले महाधिवेशन प्रतिनिधिहरूसँग साथ, सहयोग, समर्थन र अमूल्य मतको अपेक्षासमेत गरेका छन्।

युवा नेतृत्वको सक्रिय सहभागिता, संगठनको सुदृढीकरण तथा कांग्रेसलाई समयअनुकूल थप गतिशील र जनमुखी बनाउने उद्देश्य आफ्नो अभियानको प्राथमिकतामा रहेको उपाध्यायको भनाइ छ।

उपाध्यायले भनेका छन्, “नवीन कांग्रेस बनाउने संकल्प सहित अघि बढेको छु। यहाँहरूको साथ, सहयोग, समर्थन र मतको अपेक्षा गरेको छु। जय नेपाल!”

कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताबाट विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रमसँगै पार्टीको भावी नेतृत्व, पुस्तान्तरण र संगठन रूपान्तरणको विषय थप चर्चामा आएको छ।


प्रतिक्रिया