जुनु गुरुङ एनआरएनए आईसीसीको उपाध्यक्षमा चयन, कोरियाबाट सशक्त प्रतिनिधित्व
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को उपाध्यक्षमा जुनु गुरुङ चयन हुनुभएको छ। कोरियाबाट प्रतिनिधित्व गर्दै उहाँले प्रवासी नेपाली समुदायमा विशेषगरी महिलाको सशक्तीकरण, संस्थागत सहभागिता वृद्धि तथा नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
एनआरएनए भित्र लामो समयदेखि सक्रिय रहँदै आउनुभएकी गुरुङले संस्थागत अनुभव, सामाजिक योगदान र नेतृत्व क्षमताका कारण यो जिम्मेवारी पाउनुभएको हो। समाजसेवामा निरन्तर समर्पित रहँदै आउनुभएकी उहाँ एक सफल युवा व्यवसायीको रूपमा पनि परिचित हुनुहुन्छ।
उहाँको चयनले एनआरएनएभित्र महिला नेतृत्वलाई थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ। समावेशी र विविधतायुक्त नेतृत्व निर्माणमा यो कदम महत्वपूर्ण हुने देखिएको छ, जसले विश्वभर रहेका नेपाली समुदायलाई अझ सशक्त र एकताबद्ध बनाउने अपेक्षा गरिएको छ।
देश र समाजका लागि आवश्यक सशक्त नारीका रूपमा चिनिनुभएकी गुरुङले आफ्नो कार्यकालमा प्रवासी नेपालीको हकहित, महिला अधिकार तथा समग्र समुदायको उत्थानका लागि उल्लेखनीय योगदान दिने विश्वास गरिएको छ।
बधाई तथा शुभकामना!
जुनु गुरुङज्यूलाई एनआरएनए आईसीसीको उपाध्यक्षमा चयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। उहाँको नेतृत्वमा एनआरएनए अझ सशक्त, समावेशी र प्रभावकारी संस्थाको रूपमा अघि बढ्ने विश्वास लिइएको छ।