प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

theoutsidenepal.com

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ।

भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

प्रधानमन्त्री शाहले पनि नेपाल र भारतबीचको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ।

भेटवार्तालाई नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने तथा विकास साझेदारी र पारस्परिक हितका क्षेत्रमा सहकार्य अघि बढाउने दृष्टिले महत्वपूर्ण मानिएको छ।


प्रतिक्रिया