एफएनसीसीआई कार्यकारिणी सदस्यमा सचिन ढकाल निर्वाचित, निजी क्षेत्रका लागि नयाँ आशा

theoutsidenepal.com

एफएनसीसीआई कार्यकारिणी सदस्यमा सचिन ढकाल निर्वाचित, निजी क्षेत्रका लागि नयाँ आशा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यकारिणी समिति सदस्य (एसोसिएट) पदमा सचिन ढकाल निर्वाचित भएका छन्। निजी क्षेत्रको प्रतिनिधित्व गर्ने महत्वपूर्ण संस्थामा उनको चयनसँगै व्यवसायिक क्षेत्रले नयाँ ऊर्जा र नेतृत्व पाएको अपेक्षा गरिएको छ।


ढकालको विजयलाई निजी क्षेत्रभित्र सकारात्मक सन्देशका रूपमा हेरिएको छ। उद्यमशीलता, लगानी प्रवर्द्धन तथा व्यवसायमैत्री वातावरण निर्माणमा उनले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।


उनको नेतृत्वमा उद्योग–व्यवसायको विस्तार, रोजगारी सिर्जना र समग्र आर्थिक विकासले थप गति लिने अपेक्षा गरिएको छ। विशेषगरी एसोसिएट क्षेत्रका व्यवसायीहरूको आवाजलाई सशक्त रूपमा उठाउने र नीति निर्माण तहमा प्रभाव पार्ने क्षमता ढकालसँग रहेको सरोकारवालाहरूको भनाइ छ।


नवनिर्वाचित सदस्य ढकाललाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त भइरहेका छन्। उनको कार्यकाल सफल, उपलब्धिमूलक र प्रेरणादायी हुने विश्वास व्यक्त गर्दै व्यवसायिक समुदायले साथ र सहयोग रहने जनाएको छ।


प्रतिक्रिया