संखुवासभा, फागुन २३ – राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिङमा शेर्पा हाल आफ्ना निर्वाचन क्षेत्र संखुवासभा भरि घरदैलो अभियानमा सक्रिय छन्।
शेर्पा आफ्नो निर्वाचन अभियान तिब्र गतिमा अघि बढाइरहेका छन्। गाउँघर, घरघरमा पुगेर बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो विकास योजनाहरु, समाजसेवा अनुभव र निर्वाचन एजेण्डा बारे जानकारी दिइरहेका छन्।
उम्मेदवार शेर्पाले मतदातालाई सम्बोधन गर्दै भने –
“म यहाँको विकास र जनसेवाका लागि काम गर्न प्रतिबद्ध छु। तपाईंहरुको साथले हामी संखुवासभाको मुहार फेर्न सक्छौं।”
शेर्पा, जो सगरमाथा लगायत संसारका सबै ८००० मिटर अग्ला हिमाल आरोहण गरी अनुभव बटुलिसकेका छन्,ले समाजसेवा, पर्यटन, कृषि र मकालु क्षेत्रको समग्र विकासलाई आफ्नो प्राथमिकता बनाएका छन्।
अभियानको क्रममा उनले जिल्लाका ओझेल परेका र सम्बोधन हुन बाँकी विषयमाथि विशेष ध्यान दिनेतर्फ जोड दिएका छन्।
🔔 घण्टी चिन्हसहित उम्मेदवार मिङमा शेर्पा – जीत नजीक, सवैको प्रिय, भीजनरी युवा।