चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतम को चुनावी अभियान उत्साहजनक रूपमा अघि बढिरहेको छ। विशेषगरी हनुमान झुला, माडी क्षेत्रमा उनको पक्षमा उल्लेख्य जनसमर्थन देखिएको छ।
घरदैलो कार्यक्रम, टोलभेला र युवासँगको अन्तरक्रियामा स्थानीयवासीले गौतमलाई परिवर्तनको प्रतीकका रूपमा लिएको बताइएको छ। शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका मुद्दा प्राथमिकतामा राख्दै उनले विकास र सुशासनको प्रतिबद्धता व्यक्त गरेकी छन्।
मतदाताहरूले पुराना दलप्रतिको असन्तुष्टि र नयाँ विकल्पप्रतिको विश्वासका कारण यस पटक फरक परिणाम आउने आकलन गरेका छन्। महिला, युवा तथा पहिलो पटक मतदान गर्ने मतदातामाझ गौतमको प्रभाव उल्लेख्य देखिएको छ।
चितवन–३ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै जाँदा रास्वपाकी नेतृ सोविता गौतम जीत नजिक पुगेको विश्लेषण स्थानीय स्तरमा हुन थालेको छ। आगामी मतदानले यस क्षेत्रको राजनीतिक दिशालाई नयाँ मोड दिने अपेक्षा गरिएको छ।