एनआरएनए एनसीसी अमेरिका को १५औँ वार्षिक साधारण सभा टेक्सासमा हुने

theoutsidenepal.com

एनआरएनए एनसीसी अमेरिका को १५औँ वार्षिक साधारण सभा टेक्सासमा हुने


अमेरिका — Non Resident Nepali Association – National Coordination Council USA ले आफ्नो १५औँ वार्षिक साधारण सभा (AGM) भव्य रूपमा आयोजना गर्ने घोषणा गरेको छ। जुलाई १८ र १९, २०२६ मा हुने यो विशेष कार्यक्रम टेक्सासको राउन्ड रकस्थित Holiday Inn Austin North – Round Rock मा आयोजना गरिनेछ।


संस्थाले जनाएको अनुसार, AGM ले विगतका उपलब्धिहरूको समीक्षा गर्दै नेपाली डायस्पोराको एकता, प्रतिबद्धता र सामूहिक योगदानलाई अझ सुदृढ बनाउने अवसर प्रदान गर्नेछ। देशभरबाट सदस्य तथा शुभेच्छुकहरूलाई एकै ठाउँमा ल्याई अनुभव आदानप्रदान, विचार विमर्श तथा भविष्यका योजनाहरू तय गरिने कार्यक्रम रहेको छ।


कार्यक्रमअन्तर्गत जुलाई १८ शनिबार साँझ टेक्सास च्याप्टरको संयोजनमा अन्य राज्य च्याप्टरहरूको सहकार्यमा “Evening Networking Reception” आयोजना गरिनेछ, जसले सदस्यहरूबीच सम्बन्ध विस्तार र सहकार्य बढाउन मद्दत पुर्‍याउने विश्वास गरिएको छ।


AGM सफल बनाउन संयोजकका रूपमा प्रदीप चौलागाईं र सुरेन्द्र लाउदारी, सह–संयोजकमा मोहन कुसारी र निकेश पोखरेलको नेतृत्वमा टोली सक्रिय रहेको छ।


आवासका लागि सहभागीहरूलाई विशेष छुट दरमा होटल बुकिङको सुविधा पनि उपलब्ध गराइएको छ। आयोजकका अनुसार, कार्यक्रमलाई समावेशी, प्रभावकारी र स्मरणीय बनाउन सम्पूर्ण तयारी तीव्र रूपमा अगाडि बढाइएको छ।


संस्थाका महासचिव मोहन न्यौपाने र अध्यक्ष सतेन्द्र साहले सबै सदस्य तथा शुभेच्छुकलाई कार्यक्रममा सहभागी भई यस ऐतिहासिक सभालाई सफल बनाउन आग्रह गरेका छन्।


प्रतिक्रिया