शक्तिशाली प्रधानमन्त्री बालेन शाह को नववर्ष सन्देश—समृद्ध नेपालतर्फ दृढ संकल्प

theoutsidenepal.com

द टन न्युज, काठमाडौं । देशलाई नयाँ दिशा र ऊर्जा दिने नेतृत्वका रूपमा उदाएका शक्तिशाली प्रधानमन्त्री बालेन शाह ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै राष्ट्रलाई सुख, शान्ति र समृद्धितर्फ अघि बढाउने आफ्नो दृढ प्रतिबद्धता पुनः दोहोर्याएका छन्।


प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा प्राचीन वैदिक मन्त्र “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः…” उल्लेख गर्दै सबै नेपालीको जीवनमा सुख, स्वास्थ्य र कल्याण छाओस् भन्ने कामना गरेका छन्। उनले राष्ट्र निर्माणको यात्रामा सबै नागरिकको एकता, सकारात्मक सोच र सहकार्य अपरिहार्य रहेको बताएका छन्।


“हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्,” प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।


देशको समग्र विकास र समृद्धिको मार्गमा आफू दृढतापूर्वक अघि बढिरहेको उल्लेख गर्दै उनले नयाँ वर्षले नयाँ आशा, नयाँ ऊर्जा र नयाँ अवसरहरू ल्याउने विश्वास व्यक्त गरेका छन्। उनको नेतृत्वमा नेपाललाई स्थायित्व, सुशासन र समृद्धिको नयाँ युगतर्फ अग्रसर गरिने अपेक्षा गरिएको छ।


प्रधानमन्त्री शाहको यो सन्देशले देशभर आशा, उत्साह र सकारात्मक ऊर्जा फैलाएको छ, जसले समृद्ध नेपाल निर्माणको अभियानलाई थप बल प्रदान गर्ने विश्वास गरिएको छ।


प्रतिक्रिया