धादिङ–२ बाट रास्वपाका बोधनारायण श्रेष्ठ विजयी, जापानबाट आएका युवाद्वारा बधाई

theoutsidenepal.com

धादिङ–२ बाट रास्वपाका बोधनारायण श्रेष्ठ विजयी, जापानबाट आएका युवाद्वारा बधाई


धादिङ–२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बोधनारायण श्रेष्ठ विजयी भएका छन्। निर्वाचन आयोग का अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रेष्ठ ५ हजार ९६६ मतान्तरले विजयी भएका हुन्।


श्रेष्ठले कुल २६ हजार १४५ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी रमेशप्रसाद धमला (नेपाली कांग्रेस) ले २० हजार २७९ मत प्राप्त गरे।


त्यस्तै, धनबहादुर घले (नेकपा एमाले) १० हजार ८४ मत सहित तेस्रो स्थानमा रहे भने रामबहादुर भण्डारी ले ९ हजार ३६ मत प्राप्त गरे। सुरेश रिजाल (राप्रपा) ले १ हजार ५०४ मत प्राप्त गरेका छन्।


विजयपछि रास्वपा समर्थक तथा युवाहरुले श्रेष्ठलाई भेटेर बधाई दिएका छन्। यसक्रममा जापानस्थित रास्वपा सभापति दीपक कार्की सहित युवाहरुले श्रेष्ठलाई भेटेर हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।


उनीहरुले जनताले दिएको विश्वासलाई विकास, सुशासन र परिवर्तनको दिशामा प्रयोग गर्न आग्रह गरेका थिए।


प्रतिक्रिया