काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा महिला संयोजक पदमा रश्मी काली थापा विजयी हुनुभएको छ। क्यानडामा बसोबास गर्दै आउनुभएकी थापा लामो समयदेखि प्रवासी नेपाली समुदायमा सक्रिय रहँदै महिला सशक्तीकरण, सामाजिक एकता र संस्थागत विकासमा महत्वपूर्ण योगदान दिँदै आउनुभएको छ।
उहाँको यस जितलाई महिला नेतृत्वको सुदृढीकरण र एनआरएनएभित्र समावेशी सहभागिताको सशक्त संकेतका रूपमा लिइएको छ। विभिन्न देशमा रहेका नेपाली महिलाहरूलाई एकीकृत गर्दै उनीहरूको हकहित, क्षमता अभिवृद्धि र नेतृत्व विकासमा उहाँले अझ प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ।
नवनिर्वाचित महिला संयोजक रश्मी काली थापालाई विभिन्न तहबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ। उहाँको कार्यकाल सफल, उपलब्धिमूलक र प्रेरणादायी रहोस् भन्ने कामना गरिएको छ।
एनआरएनएभित्र महिला सहभागिता बढाउँदै संगठनलाई अझ सशक्त, समावेशी र प्रभावकारी बनाउने यात्रामा उहाँको नेतृत्व महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।