काठमाडौँ — दक्षिण कोरियामा एनसीसी (NCC) को १९औँ अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले प्रवासी नेपाली समुदायबीच एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा नयाँ ऊर्जा थपेको बताइएको छ।
उक्त अवसरमा डा. राजेश चन्द्र जोशी ले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै अधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई व्यक्त गर्नुभएको छ।
उहाँले अधिवेशन सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष हरिप्रसाद खनालसहित सम्पूर्ण सक्रिय सदस्यहरूलाई धन्यवाद दिँदै आफूलाई प्रदान गरिएको सम्मानप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ।
“नमस्ते, एनसीसी दक्षिण कोरियाको १९औँ अधिवेशन भव्यताका साथ सम्पन्न भएकोमा बधाई छ। साथै मलाई यसरी सम्मान गर्नुभएकोमा अध्यक्ष हरिप्रसाद खनालजी लगायत सबै सक्रिय सदस्यहरूलाई धेरै धेरै धन्यवाद,” उहाँले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ।
यस अधिवेशनले दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच सम्बन्ध सुदृढ गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने अपेक्षा गरिएको छ।