सलमान खानको उदारता: राजपाल यादवलाई ९ करोड सहयोग, युवा व्यवसायी प्रिन्स युवराज कार्कीले गरे प्रशंसा

theoutsidenepal.com

बलिउड उद्योगबाट आएको एक भावुक र प्रेरणादायी घटनालाई लिएर युवा व्यवसायी प्रिन्स युवराज कार्कीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।


प्रख्यात अभिनेता Salman Khan ले सह–अभिनेता Rajpal Yadav लाई कानुनी झन्झटबाट उन्मुक्त गराउन ९ करोड रुपैयाँ सहयोग गरेको खबर सार्वजनिक भएपछि कार्कीले उक्त कदमको खुलेर प्रशंसा गरेका हुन्। राजपाल यादवकी पत्नीले समेत सलमान खानले बाँकी कानुनी बक्यौता रकम तिरेर सहयोग गरेको पुष्टि गरेकी छन्।


कार्कीले आफ्नो स्टाटसमा लेखेका छन्, “बलिउडमा मानवता अझै जिवित छ भन्ने प्रमाण फेरि देखियो। सलमान खान साँचिकै ‘गोल्डेन हार्ट’ भएका व्यक्तित्व हुन्। संकटमा परेका सहकर्मीलाई साथ दिनु नै साँचो मित्रता र ठूलो मानवीयता हो।”


उनले थपे, “सफलता केवल स्टारडमले मापन हुँदैन, अरूलाई कठिन घडीमा साथ दिन सक्ने क्षमताले मापन हुन्छ। आज फेरि प्रमाणित भयो—सलमान खान आखिर सलमान नै हुन्।”


कार्कीको उक्त धारणा सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको छ। धेरैले उनको विचारसँग सहमति जनाउँदै सलमान खानको उदारता र सहकर्मीप्रतिको समर्थनको प्रशंसा गरेका छन्।


यस घटनाले बलिउडमा आपसी सहयोग र सहकार्यको संस्कार अझै बलियो रहेको सन्देश दिएको छ।


प्रतिक्रिया