एनआरएनए अमेरिकाको उच्चस्तरीय टोली नेपालमा, गैरआवासीय नेपालीका मुद्दामा सक्रिय पहल

theoutsidenepal.com

एनआरएनए अमेरिकाको उच्चस्तरीय टोली नेपालमा, गैरआवासीय नेपालीका मुद्दामा सक्रिय पहल


काठमाडौं । सतेन्द्र शाह नेतृत्वको एनआरएनए अमेरिका (NCC USA) को टोली विभिन्न समसामयिक विषयमा सम्बन्धित निकायहरूसँग छलफल तथा भेटघाट गर्न नेपाल आइपुगेको छ।


एनआरएनए अमेरिकाका अध्यक्ष शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै टोली गैरआवासीय नेपालीहरूको हक, अधिकार, वंशजको नागरिकताको निरन्तरता तथा प्रवासी नेपालीसँग सम्बन्धित महत्वपूर्ण विषयमा सरोकारवाला निकायसँग संवाद गर्न नेपाल आएको बताएका छन्।


उनले गैरआवासीय नेपाली समुदायका साझा चासो र अधिकारका विषयलाई संस्थागत रूपमा अघि बढाउन एनआरएनए अमेरिका प्रतिबद्ध रहेको उल्लेख गर्दै सबैको साथ, सहयोग र शुभेच्छाप्रति आभार व्यक्त गरेका छन्।


नेपाल र विश्वभर रहेका नेपाली समुदायबीच सम्बन्ध अझ सुदृढ बनाउने तथा प्रवासी नेपालीका आवाजलाई प्रभावकारी रूपमा उठाउने उद्देश्यसहित टोलीले विभिन्न सरकारी तथा सम्बन्धित निकायसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।


प्रतिक्रिया