त्रिपुरेश्वरस्थित राहदानी कार्यालय अगाडि बसमा आगलागी
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि केहीबेरअघि एक बसमा अचानक आगलागी भएको छ।
बसमा आगो लागेपछि घटनास्थलमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो। आगलागीको कारण, बसमा सवार यात्रुको अवस्था तथा भएको क्षतिबारे विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ।
आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मी तथा सम्बन्धित निकाय परिचालन भएको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
21 September 2026