जापानमा रहेका युवा व्यवसायी दिपक नेपालको भावुक स्टाटस: ‘अब सोच र मत बदलिन्छ’

theoutsidenepal.com

काठमाडौं/टोकियो – जापानमा बस्दै आएका नेपाली युवा व्यवसायी तथा समाजसेवी दिपक नेपालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भावुक स्टाटस यतिबेला व्यापक चर्चा बटुलिरहेको छ। आफूलाई “देशको सच्चा सिपाही” भन्दै उनले कुनै स्वार्थ नभई केवल देश विकासको चाहना रहेको उल्लेख गरेका छन्।


दिपकले आफ्नो पारिवारिक पृष्ठभूमि स्मरण गर्दै लेखेका छन् कि उनका पिता देशमा प्रजातन्त्र स्थापनाका लागि सानो छँदै परिवार छोडेर भूमिगत भएका थिए र ३५ वर्षसम्म परिवर्तनका लागि योगदान दिएका थिए। तर ती पुराना राजनीतिक नेतृत्वले देशलाई अपेक्षित दिशामा अघि बढाउन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।


उनले स्टाटसमार्फत प्रश्न उठाएका छन्—“के अब पनि बाबाकै पार्टीलाई मत दिउँ र म पनि उस्तै बाटोमा हिँडूँ?”


धेरैले बाबुआमाको पार्टी नछोड्न सुझाव दिए पनि आफूले परिवारभन्दा ठूलो देश र भविष्यलाई मानेको उल्लेख गर्दै उनले पुराना दलप्रति निराशा व्यक्त गरेका छन्। “३५ वर्षसम्म देश चलाउनेहरूकै कारण लाखौँ युवायुवती विदेशिन बाध्य भए, म पनि त्यसमध्ये एक हुँ,” उनले लेखेका छन्।


दिपक नेपालले यसपटक विदेशमा रहेका युवाहरूको सोच र मत परिवर्तन हुने संकेत गरेका छन्। नयाँ पुस्ताका नेतृत्वप्रति विश्वास व्यक्त गर्दै उनले रवि लामिछाने डिपी आर्याल (डीपी दाजु), Swarnim Wagle र Balen Shahप्रति अग्रिम बधाईसमेत व्यक्त गरेका छन्।


उनको यो अभिव्यक्ति विदेशमा रहेका नेपाली युवाहरूको मनोभावना प्रतिनिधित्व गर्ने आवाजका रूपमा हेरिएको छ। राजनीतिक परिवर्तन, सुशासन र देश विकासको अपेक्षासहित सार्वजनिक गरिएको उक्त स्टाटसले सामाजिक सञ्जालमा समर्थन र बहस दुवै सिर्जना गरेको छ।


प्रतिक्रिया