C. Joseph Vijay ले जुटाए ११८ सांसद, तमिलनाडुको मुख्यमन्त्री बन्ने पक्का

theoutsidenepal.com


C. Joseph Vijay ले जुटाए ११८ सांसद, तमिलनाडुको मुख्यमन्त्री बन्ने पक्का



दक्षिण भारतीय अभिनेता तथा राजनीतिज्ञ C. Joseph Vijay अर्थात् ‘थलापति विजय’ तमिलनाडुमा सरकार गठनको निर्णायक मोडमा पुगेका छन्। तमिलगा वेत्री कझगम (TVK) का अध्यक्ष विजयले सरकार गठनका लागि आवश्यक ११८ सांसदको समर्थन जुटाएको दाबी गर्दै राज्यपालसमक्ष सरकार गठनको दाबी पेश गरेका छन्।


२३४ सदस्यीय तमिलनाडु विधानसभामा बहुमतका लागि ११८ सिट आवश्यक पर्छ। हालै सम्पन्न निर्वाचनमा TVK सबैभन्दा ठूलो दल बने पनि स्पष्ट बहुमतभन्दा केही सिटले पछि परेको थियो। त्यसपछि कांग्रेस, वामपन्थी दलहरू तथा केही साना दलको समर्थन पाएपछि विजय बहुमतको ‘म्याजिक नम्बर’ सम्म पुगेका हुन्।


भारतीय सञ्चारमाध्यमका अनुसार विजयले तमिलनाडुका राज्यपालसँग भेट गरी समर्थन पत्र बुझाइसकेका छन्। अब उनी तमिलनाडुको नयाँ मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको बताइएको छ। शपथ ग्रहणको तयारीसमेत सुरु भएको खबर सार्वजनिक भएका छन्।


विजयको नेतृत्वमा TVK को उदयले तमिलनाडुको दशकौँ पुरानो DMK–AIADMK राजनीतिक वर्चस्वलाई चुनौती दिएको विश्लेषण भइरहेको छ। अभिनेता जीवनबाट राजनीतिमा प्रवेश गरेका विजयले छोटो समयमै राज्य राजनीतिमा ठूलो प्रभाव जमाउन सफल भएका छन्।


प्रतिक्रिया