अर्थमन्त्री वाग्लेको स्पष्ट संकेत: “रास्वपाको वाचापत्रअनुसार नै बजेट आउँछ”

theoutsidenepal.com


अर्थमन्त्री वाग्लेको स्पष्ट संकेत: “रास्वपाको वाचापत्रअनुसार नै बजेट आउँछ”



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावका बेला सार्वजनिक गरेको वाचापत्रअनुसार नै तयार भइरहेको बताएका छन्।


नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभालाई सम्बोधन गर्दै उनले बजेटलाई लिएर हरेक वर्ष देखिने “हाउगुजी” हटाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे। उनका अनुसार यसपटक अर्थतन्त्रसँग सम्बन्धित नीति तथा कार्यक्रमहरू वाचापत्रमै उल्लेख गरिएका आधारमा सम्बोधन हुने गरी बजेट लेखन भइरहेको छ।


अर्थमन्त्री वाग्लेले वर्तमान सरकार निजी क्षेत्रप्रति मैत्रीपूर्ण रहेको स्पष्ट पार्दै व्यवसायीहरूलाई डराउनुपर्ने कुनै अवस्था नरहेको बताए। उनले पछिल्ला केही पक्राउहरू अघिल्लो सरकारको अनुसन्धान प्रक्रियासँग सम्बन्धित भएको दाबी गर्दै भने, “राजनीतिक प्रभावका कारण रोकिएका अनुसन्धान अघि बढाइएका हुन्, अरु व्यवसायी तर्सिनुपर्ने कारण छैन।”


उनले निजी क्षेत्रको सहभागिता बिना मुलुकको अर्थतन्त्र सुधार सम्भव नहुने उल्लेख गर्दै सरकार सहकार्य र साझेदारीको मोडेलमा अघि बढ्न तयार रहेको पनि स्पष्ट पारे।


प्रतिक्रिया