कैलाली । आनन्द बहादुर चन्द कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बनेका छन्। योग्य, अनुभवी र भीजनरी युवा नेताको रूपमा चिनिएका चन्दले क्षेत्रको समग्र विकास, सुशासन र पारदर्शितालाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
राजनीतिमा नयाँ सोच र स्पष्ट दृष्टिकोणसहित अघि बढिरहेका चन्दले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। युवालाई अवसर, किसानलाई सम्मान र आम नागरिकलाई सहज सेवा प्रदान गर्ने लक्ष्यसहित उनले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्।
स्थानीयस्तरमा लामो समयदेखि सामाजिक र सार्वजनिक काममा सक्रिय रहँदै आएका चन्दलाई मतदाताले आशाको किरणका रूपमा हेर्न थालेका छन्। उनका समर्थकहरूका अनुसार कैलाली–५ लाई नयाँ गति दिन सक्षम, ऊर्जाशील र दूरदर्शी नेतृत्व आवश्यक छ, जसको प्रतिनिधित्व आनन्द बहादुर चन्दले गर्न सक्छन्।
आगामी निर्वाचनमा योग्य, अनुभवी र भीजनरी युवालाई जिताएर कैलाली–५ को विकासको नयाँ अध्याय सुरु गरौँ भन्ने अपिल गरिएको छ।