द टन न्युज ,काठमाडौँ । हालै शक्तिशाली बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले करिब २८ अर्ब रुपैयाँ बराबरको वैदेशिक ऋण स्वीकार गर्ने निर्णय गरेसँगै यसबारे सकारात्मक प्रतिक्रिया आउन थालेको छ।
कृष्णपुर नगरपालिका का मेयर हेमराज ओझा ले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वैदेशिक ऋणलाई केवल नकारात्मक रूपमा मात्र हेर्न नहुने बताएका छन्। उनले वैदेशिक ऋणको सही सदुपयोग भएमा देश विकासको महत्वपूर्ण आधार बन्न सक्ने उल्लेख गरेका छन्।
उनका अनुसार देशको समग्र आर्थिक विकासका लागि वैदेशिक अनुदान, वैदेशिक ऋण र वैदेशिक लगानी आवश्यक पक्षहरू हुन्। “लगानी बिना उत्पादन सम्भव हुँदैन, र उत्पादन बिना रोजगारी सिर्जना हुन सक्दैन,” उनले उल्लेख गरेका छन्।
मेयर ओझाले विगतमा जस्तै वैदेशिक सहयोग गर्ने राष्ट्रलाई ‘साम्राज्यवादी’ वा ‘विस्तारवादी’ भन्ने सोच त्याग्नुपर्ने पनि बताएका छन्। साथै, वैदेशिक लगानी भित्र्याउने व्यवसायीलाई ‘सामन्ती’ भन्ने पुरानो भाष्य परिवर्तन गर्न आवश्यक रहेको उनको धारणा छ।
उनले स्पष्ट पारेका छन् कि देशको समृद्धिका लागि खुला सोच, लगानीमैत्री वातावरण र अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको छ।