एवरेस्ट कुजिनले फेरि इतिहास रच्यो: “छ फिट लामो अर्डर”

theoutsidenepal.com


एवरेस्ट कुजिनले फेरि इतिहास रच्यो: “छ फिट लामो अर्डर”



क्यालिफोर्निया, अमेरिका — युवा व्यवसायी प्रिन्स युवराज कार्की नेतृत्वको लोकप्रिय रेस्टुरेन्ट एवरेस्ट कुजिनले फेरि इतिहास रचेको छ। हालै Uber Eats मार्फत प्राप्त अर्डर करिब छ फिट लामो रहेको थियो, जसले रेस्टुरेन्टको प्रतिष्ठा र सेवामा विश्वसनीयता झल्काउँछ।


प्रिन्स युवराज कार्कीका अनुसार, “हाम्रो लागि अब यो मात्र पैसाको कुरा होइन, यो हाम्रो प्रतिष्ठा र गुणस्तरको कुरा हो। हामीले यो उपलब्धि हाम्रो अद्भुत ग्राहकहरू र मेहनती एवरेस्ट टीमको सहयोगले हासिल गरेका छौं।”


एवरेस्ट कुजिनले DoorDash मा गरेको पहिलाको रेकर्डसँगै यो अर्डरले रेस्टुरेन्ट उद्योगमा आफ्नो नाम अझ प्रख्यात बनाएको छ। भारतीय, नेपाली र इन्डोचिनिज खाना प्रदान गर्ने एवरेस्ट कुजिनले आफ्नो गुणस्तरीय सेवा कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धता देखाएको छ।


प्रतिक्रिया