काठमाडौं ।नेपाली चलचित्रका चर्चित नायक, निर्माता, लोकप्रिय कलाकार तथा व्यवसायी दिपक राज गिरी ले सामाजिक सञ्जालमार्फत आगामी निर्वाचनलाई लक्षित गर्दै अर्थपूर्ण र संकेतपूर्ण सन्देश दिएका छन्।
आफ्नो फेसबुक स्टाटसमार्फत गिरीले मतदातालाई अनिवार्य रूपमा मतदान गर्न आग्रह गर्दै लेखेका छन्—
“भोट चाहिँ हाल्नै पर्छ है ! जसरी भए पनि हाल्नै पर्छ !”
उनले मतदानको महत्वलाई जोड दिँदै भोट कसलाई हाल्ने भन्ने विषयमा भने अहिले नै नाम नखुलाउने संकेत गरेका छन्।
उनको स्टाटसमा उल्लेख छ—
“तर कसलाई ? परिवर्तनकारी शक्तिलाई… अनि त्यो परिवर्तनकारी शक्ति भनेको चाहिँ को त ? त्यो त म अहिले भन्दिन, फागुन २१ गतेपछि भन्छु…”
दिपक राज गिरीको यो अभिव्यक्तिलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले राजनीतिक सन्देशका रूपमा लिएका छन्। उनको स्टाटसले मतदाता सचेतना, परिवर्तनको अपेक्षा र राजनीतिक संकेत एकसाथ दिएको भन्दै व्यापक चर्चा भइरहेको छ।
लामो समयदेखि कला, मनोरञ्जन र सामाजिक विषयमा स्पष्ट धारणा राख्दै आएका गिरीको यो सन्देशले आगामी निर्वाचनमा उनले कसलाई “परिवर्तनकारी शक्ति” का रूपमा समर्थन गर्लान् भन्ने चासोसमेत बढाएको छ।
विशेषगरी फागुन २१ पछि उनले सार्वजनिक गर्ने भनिएको अभिव्यक्तिलाई लिएर उनका समर्थक, दर्शक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू उत्सुक देखिएका छन्।