संसद् सदस्य सुहाङ नेम्वाङको धारणा: सुकुम्बासी समस्या समाधान संविधानसम्मत र मानवीय हुनुपर्छ

theoutsidenepal.com

संसद् सदस्य सुहाङ नेम्वाङको धारणा: सुकुम्बासी समस्या समाधान संविधानसम्मत र मानवीय हुनुपर्छ


काठमाडौं । प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले सुकुम्बासी समस्या समाधानका नाममा हतारमा वा विगतको गलत अभ्यास दोहोर्‍याउने प्रवृत्ति उचित नहुने बताएका छन्।


उनले भने, “हिजो अरूले गरेका थिए, त्यसैले हामीले पनि गर्नुपर्छ भन्ने तर्क गर्नु उपयुक्त हुँदैन।” सरकारका सकारात्मक काममा आफू सधैँ सहयोगी र समर्थनमा रहने स्पष्ट पार्दै उनले विरोधकै लागि विरोध गर्ने पक्षमा आफूहरू नरहेको बताए।


नेम्वाङले सुकुम्बासी समस्या समाधान अपरिहार्य रहेको उल्लेख गर्दै यसलाई संविधान, कानुन र मानवीय संवेदनशीलताभित्र रहेर सम्बोधन गर्नुपर्नेमा जोड दिए। “सुकुम्बासी समस्याको समाधान गर्नुपर्छ, यसमा दुई मत छैन,” उनले भने, “तर समाधान संविधानसम्मत, कानुनसम्मत, मानवीय र वैकल्पिक व्यवस्थासहित पुनर्स्थापनासहित हुनुपर्छ।”


उनको भनाइले सुकुम्बासी व्यवस्थापनका क्रममा दीर्घकालीन, न्यायपूर्ण र व्यवस्थित समाधान आवश्यक रहेको सन्देश दिएको छ।


प्रतिक्रिया