गौतम अडानी तथा उनका भतिजा सागर अडानी लाई अमेरिकाबाट ठूलो कानुनी राहत मिलेको छ। अमेरिकी न्याय विभागले सोमबार उनीहरूमाथि लागेका सबै आपराधिक आरोप सधैंका लागि फिर्ता लिएको जनाएको छ।
यससँगै न्यूयोर्क अदालतमा चलिरहेको हाई-प्रोफाइल सेक्युरिटिज तथा वायर फ्रड सम्बन्धी मुद्दा पूर्ण रूपमा बन्द भएको छ। अमेरिकी अभियोजकहरूले आरोप प्रमाणित गर्न पर्याप्त आधार नभएको निष्कर्ष निकालेपछि मुद्दा खारेज गरिएको बताइएको छ।
यो निर्णय Adani Enterprises ले अमेरिकी ट्रेजरी विभागसँग २७ करोड ५० लाख अमेरिकी डलर बराबरको रकम तिरेर अर्को छुट्टै विवाद समाधान गरेपछि आएको हो। उक्त अनुसन्धानमा कम्पनीले इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्ध उल्लंघन गरेको हो वा होइन भन्ने विषयमा छानबिन भइरहेको थियो।
अमेरिकी न्याय विभागले अदालतमा दायर गरेको निवेदनमा अडानीविरुद्धको अभियोग “with prejudice” अर्थात् भविष्यमा पुनः नखुल्ने गरी खारेज गर्न अनुरोध गरेको थियो। यस निर्णयलाई अडानी समूहका लागि महत्वपूर्ण कानुनी सफलताको रूपमा हेरिएको छ।