कैलाली–५ मा प्रेमबहादुर आलेको जित नजिक, कोरोना कालका मानवीय काम बने मुख्य एजेन्डा

theoutsidenepal.com

कैलाली — कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका नेपाली कम्युनिस्ट पार्टीका नेता प्रेमबहादुर आले को जित नजिक पुगेको दाबी गरिएको छ। चुनावी अभियान तीव्र पारिरहेका आलेले कोरोना महामारीका बेला गरेका मानवीय सहयोगहरूलाई मतदातामाझ प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गरिरहेका छन्।



कोरोना महामारीमा व्यक्तिगत सहयोग



कोरोना संक्रमण चरम अवस्थामा पुगेका बेला अछाम जिल्लामा अक्सिजन अभाव हुँदा उपचारमा गम्भीर समस्या उत्पन्न भएको थियो। सोही परिस्थितिमा तत्कालीन वन तथा वातावरणमन्त्रीसमेत रहेका आलेले जिल्ला अस्पताल अछाम लाई अक्सिजन खरीदका लागि आफ्नो व्यक्तिगत तर्फबाट एक लाख रुपैयाँ सहयोग गरेका थिए।


अक्सिजन अभावकै कारण अछाममा धेरै संक्रमितले ज्यान गुमाउनु परेको अवस्थामा उक्त सहयोगले उपचारमा राहत पुगेको अस्पताल प्रशासनले जनाएको थियो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अतुल भारद्वाजका अनुसार अक्सिजन अभावले उपचारमा ठूलो समस्या भएको थियो, तर मन्त्री आलेले व्यक्तिगत रूपमा रकम उपलब्ध गराएपछि संक्रमितको उपचार सहज बनेको थियो।



मानवीय छविले बढ्यो प्रभाव



स्थानीय स्तरमा अक्सिजन खरीदका लागि अभियानसमेत सञ्चालन भइरहेको अवस्थामा मन्त्री आलेको व्यक्तिगत सहयोगलाई मानवीय संवेदनशीलताको उदाहरणका रूपमा हेरिएको छ। मतदाताहरूले संकटको घडीमा साथ दिने नेतृत्व आवश्यक रहेको भन्दै आलेप्रति विश्वास व्यक्त गरिरहेका छन्।



जिततर्फ उन्मुख?



कैलाली–५ मा उनको सक्रियता, संगठनात्मक पकड र विगतका कामको प्रभावका कारण चुनावी माहोल उनको पक्षमा देखिएको समर्थकहरूको दाबी छ। विशेषगरी कोरोना महामारीका समयमा देखाएको तत्परताले उनको छवि थप मजबुत बनेको विश्लेषण भइरहेको छ।


अब अन्तिम मत परिणामले जनताको विश्वासलाई कत्तिको अनुमोदन गर्छ भन्ने चासोका साथ कैलाली–५ को चुनावी प्रतिस्पर्धा रोमाञ्चक बन्दै गएको छ।


प्रतिक्रिया