सडकदेखि सदनसम्म जनताप्रति समर्पित रहने ज्वालाको प्रतिबद्धता

theoutsidenepal.com

सडकदेखि सदनसम्म जनताप्रति समर्पित रहने टिका संग्रौला ज्वालाको प्रतिबद्धता


काठमाडौँ । टिका संग्रौला ज्वाला ले आफ्नो राजनीतिक यात्रालाई देश र जनताप्रति समर्पित राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


सामाजिक सञ्जालमार्फत उहाँले “सडकदेखि सदनसम्मको मेरो यात्रा सदैव देश र जनतामा समर्पित रहनेछ ! ” भन्दै आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो। उक्त सन्देशमार्फत उहाँले जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै जिम्मेवार भूमिका निर्वाह गर्ने संकेत दिनुभएको छ।


नवनिर्वाचित सांसद ज्वालाको यो अभिव्यक्तिलाई जनमुखी राजनीति र सेवाभावको उदाहरणका रूपमा हेरिएको छ। उहाँले सडक संघर्षदेखि संसदीय यात्रासम्म निरन्तर जनताको पक्षमा उभिने प्रतिबद्धता दोहोर्याउनुभएको छ।


राजनीतिक वृत्तमा उहाँको यो सन्देशले सकारात्मक सन्देश प्रवाह गरेको बताइएको छ।


प्रतिक्रिया