३ वर्षीया बालिका सन्ध्या खत्रीको उपचारका लागि समाजसेवी अन्सारीको सहयोग
रामेछाप जिल्ला मन्थली नगरपालिका निवासी ३ वर्षीया बालिका सन्ध्या खत्रीको उपचारका लागि सुनसरीका समाजसेवी अबुल हुसेन अन्सारीले रु १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
बालिकाको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले अन्सारीले उक्त रकम उपलब्ध गराउनुभएको हो। बालिकाको उपचारका क्रममा परिवारलाई आर्थिक रूपमा सहयोग पुग्ने विश्वास गरिएको छ।
स्थानीयवासीका अनुसार कठिन परिस्थितिमा रहेको परिवारका लागि यो सहयोग महत्वपूर्ण मानिएको छ। बालिकाको उपचारमा थप सहयोग जुटाउने प्रयास पनि जारी रहेको बताइएको छ।
बालिकाको परिवारले सहयोग प्रदान गर्ने समाजसेवी अन्सारीप्रति धन्यवाद व्यक्त गरेका छन्।
11 March 2026