काठमाडौँ – फागुन २१ को चुनाव नजिकिंदै गर्दा मोरङ–३ का उम्मेदवार डा. सुनिल शर्माले आफ्नो अभियानमा नयाँ सोच र सकारात्मक परिवर्तनको संदेश दिएका छन्।
डा. शर्माले भने, “देशका सबै नागरिक समान अवसर, सेवा र सम्मान पाउनुपर्छ। अब विवेक र समवेदनासहितको सोचले अगाडि बढ्नुपर्छ। हामीले नयाँ विचार, नयाँ टीम र नयाँ ऊर्जा लिएर जनताको आवाजलाई प्राथमिकता दिनुपर्छ।”
उनी आफ्नो अभियानमार्फत देशभरका नागरिकलाई न्यायपूर्ण विकास र समान अवसर सुनिश्चित गर्ने प्रतिबद्धता देखाउँदै छन्। डा. शर्माले जनतालाई विश्वास दिलाए कि उनको नेतृत्वमा परिवर्तन र विकास सबैका लागि हुनेछ।
उनले मतदातालाई जोड दिनुभयो कि चुनाव केवल मत दिने प्रक्रिया होइन, भविष्य निर्माण गर्ने अवसर हो, र नयाँ सोचसहितको टीमले यही उद्देश्य पूरा गर्नेछ।
06 February 2026