२२ दिनपछि अस्पतालबाट डिस्चार्ज भए केपी शर्मा ओली

theoutsidenepal.com

द टन न्युज ,काठमाडौं — पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली २२ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।


गत चैत १४ गते पक्राउ परेलगत्तै स्वास्थ्य समस्या देखिएपछि उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा भर्ना गरिएको थियो। अस्पताल बसाइका क्रममा उनको पत्थरीसम्बन्धी शल्यक्रिया गरिएको थियो।


अस्पताल स्रोतका अनुसार ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएपछि चिकित्सकहरूको सल्लाहमा डिस्चार्ज गरिएको हो। उपचार अवधिभर उनी चिकित्सकहरूको निरन्तर निगरानीमा रहेका थिए।


डिस्चार्जपछि पनि केही समय नियमित फलोअप तथा आराम गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।


प्रतिक्रिया