एनआरएनए आईसीसीको नयाँ नेतृत्वलाई एफएनसीसीआईमा भव्य स्वागत तथा सम्मान

theoutsidenepal.com

एनआरएनए आईसीसीको नयाँ नेतृत्वलाई एफएनसीसीआईमा भव्य स्वागत तथा सम्मान


काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्मा सहितको टोलीलाई Federation of Nepalese Chambers of Commerce & Industry ले स्वागत तथा सम्मान गरेको छ।


एफएनसीसीआईका अध्यक्ष चन्द्र प्रसाद ढकाल को नेतृत्वमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रोविन शेरचन लगायत सम्पूर्ण नवनिर्वाचित टिमलाई काठमाडौँस्थित एफएनसीसीआई हलमा विशेष सम्मान प्रदान गरिएको हो।


कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले प्रवासी नेपालीहरूको भूमिका नेपालको आर्थिक विकास, लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय नेटवर्क विस्तारमा अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले एनआरएनए र निजी क्षेत्रबीच सहकार्यलाई अझ सुदृढ बनाउँदै देशको समृद्धिमा योगदान पुर्‍याउनुपर्नेमा जोड दिनुभयो।


त्यस्तै, एनआरएनए अध्यक्ष डा. शर्माले एफएनसीसीआईद्वारा गरिएको स्वागतप्रति आभार व्यक्त गर्दै नेपालमा लगानी, उद्यमशीलता र ज्ञान हस्तान्तरणमा प्रवासी नेपालीहरूको भूमिका अझ सशक्त बनाउने प्रतिबद्धता जनाउनुभयो।


उक्त कार्यक्रममा निजी क्षेत्र र प्रवासी नेपालीबीच सहकार्य विस्तार गर्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा साझा कार्यक्रमहरू अघि बढाउने विषयमा समेत छलफल भएको बताइएको छ।


प्रतिक्रिया