काठमाडौं । नेपाल स्वयंसेवक संघका महासचिव तथा अन्तर्राष्ट्रिय सम्बन्ध एवं कूटनीतिक विभागमा पीएचडी अध्ययनरत कोमल पौडेलले काठमाडौं निर्वाचन क्षेत्र नं–५ का मतदातालाई मोबाइल चिन्हमा मतदान गर्न अपिल गरेका छन्। उनले स्वस्थ्य, सुरक्षित, सुविधा सम्पन्न र अध्ययनमैत्री शहर निर्माण गर्दै विकसित, उन्नत र शान्तिपूर्ण नेपाल बनाउने लक्ष्यसहित आफूहरू अघि बढिरहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिलमा पौडेलले सबै नेपाली स्वस्थ्य भएर पूर्ण आयु बाँच्न पाउने वातावरण निर्माण गर्न आवश्यक नीति र योजनासहित मैदानमा उत्रिएको उल्लेख गरेका छन्। उनले आगामी निर्वाचनमा आफ्नो अभियानलाई सफल बनाउन मतदातासँग सहयोग र समर्थनको हार्दिक अनुरोध गरेका छन्।
पौडेलका अनुसार समृद्ध र व्यवस्थित शहरी विकास, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र नागरिकमैत्री शासन व्यवस्था स्थापना नै मुख्य प्राथमिकता रहनेछ। उनले काठमाडौं क्षेत्र नं–५ का मतदातालाई परिवर्तन र विकासका लागि मोबाइल चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।