एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साहद्वारा सोमनाथ घिमिरेलाई समर्थन
न्युयोर्क राज्य सभा (New York State Assembly) को जिल्ला ३० बाट डेमोक्र्याटिक प्राइमरी चुनावमा उम्मेदवारी दिएका नेपाली मूलका समुदाय नेता Somnath Ghimire लाई एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष Satendra Sah ले समर्थन जनाएका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै साहले जुन १३ देखि २१ सम्म हुने प्रारम्भिक मतदान (Early Voting) तथा जुन २३ मा हुने निर्वाचनमा सोमनाथ घिमिरेलाई मतदान गर्न सम्पूर्ण समुदायलाई आग्रह गरेका छन्। उनले “हामी सबै मिलेर इतिहास रचौँ” भन्दै नेपाली समुदायको एकता र सहभागितामा जोड दिएका छन्।
सोमनाथ घिमिरे हाल न्युयोर्क स्टेट एसेम्ब्ली डिस्ट्रिक्ट ३० को डेमोक्र्याटिक प्राइमरीमा प्रतिस्पर्धा गरिरहेका छन्। उनी लामो समयदेखि न्युयोर्कको नेपाली समुदायमा सक्रिय रहँदै आएका सामुदायिक नेताका रूपमा परिचित छन्।