सिव प्रसाद पौडेलको बधाई सन्देश: नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना

theoutsidenepal.com

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का सचिव सिव प्रसाद पौडेलले एनआरएनएको १२औँ विश्व सम्मेलनबाट निर्विरोध चयन हुनुभएका अध्यक्ष डा. हेमराज शर्मा र वरिष्ठ उपाध्यक्ष रोविन शेरचनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।


एनआरएनए एनसीसी जापानका पूर्व अध्यक्ष समेत रहनुभएका पौडेलले नव-निर्वाचित नेतृत्वप्रति पूर्ण विश्वास व्यक्त गर्दै संगठनलाई अझ सशक्त, एकताबद्ध र परिणाममुखी बनाउने विश्वास व्यक्त गर्नुभयो।


उहाँले विश्वभर रहेका नेपालीहरूबीच आपसी सहकार्य, लगानी प्रवर्द्धन तथा मातृभूमिसँगको सम्बन्ध अझ मजबुत बनाउने दिशामा नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गर्नुभएको छ।


सचिव पौडेलले अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित अन्य सम्पूर्ण पदाधिकारीहरूलाई समेत हार्दिक बधाई दिँदै सफल कार्यकालको कामना गर्नुभयो। उहाँले सबैलाई सहकार्य, पारदर्शिता र एकताको भावनाका साथ अगाडि बढ्न आग्रह गर्नुभयो।


“एनआरएनएलाई विश्वभरका नेपालीहरूको साझा संस्थाको रूपमा अझ प्रभावकारी बनाउँदै देशको समृद्धिमा योगदान पुर्‍याउने अवसर यही नेतृत्वको काँधमा आएको छ,” पौडेलले उल्लेख गर्नुभयो।


उहाँको भनाइमा नयाँ नेतृत्वले अनुभव, ऊर्जा र प्रतिबद्धताको समिश्रणमार्फत एनआरएनएलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।


प्रतिक्रिया