धनगढीमा पुगे रास्वपा सभापति रवि लामिछाने, भोली आमसभालाई सम्बोधन गर्ने

theoutsidenepal.com

धनगढी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धनगढी आइपुगेका छन्। भोली धनगढीमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।


पार्टी स्रोतका अनुसार आमसभा भोलि निर्धारित समयमा सञ्चालन हुनेछ, जहाँ रास्वपाका सभापति लामिछानेले समसामयिक राजनीतिक विषय, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा विकासका एजेन्डाबारे धारणा राख्नेछन्।


उक्त आमसभालाई रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह ले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। दुवै नेताको उपस्थितिले कार्यक्रमलाई विशेष महत्वका साथ हेरिएको छ।


धनगढीमा हुने आमसभालाई लिएर कार्यकर्तामा उत्साह देखिएको छ भने आयोजकले ठूलो संख्यामा सहभागिता रहने अपेक्षा गरेका छन्।


स्वागत को लागि रास्वपा का नेता एवं कंञ्चनपुर क्षेत्र नं २ का उम्मेदवार दिपक बोहोरा स्वागतको लागि एयरपोर्ट मै पुगेका थिए । 


प्रतिक्रिया