“प्रधानन्यायाधीश सिफारिसविरुद्धका रिट दरपीठ, सर्वोच्चले दर्ता गर्न मानेन”

theoutsidenepal.com

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा न्यायिक वरीयता मिचिएको भन्दै सर्वोच्च अदालतमा पेस गरिएका रिट निवेदनहरू दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले अस्वीकार गरेको छ।


वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र डा. प्रेमराज सिलवाल ले छुट्टाछुट्टै रूपमा रिट निवेदन पेस गरेका थिए।


उक्त रिटहरू सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला ले जानकारी दिएका छन्।


रिटमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा वरिष्ठताको सिद्धान्त उल्लंघन गरिएको दाबी गरिएको थियो।


प्रतिक्रिया