बुढीतोला महोत्सवले पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धन गर्ने : आनन्द बिष्ट

theoutsidenepal.com


बुढीतोला महोत्सवले पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धन गर्ने : आनन्द बिष्ट



नेपाली कांग्रेस का युवा नेता आनन्द बिष्ट ले गोदावरी नगरपालिका वडा नं. ४ स्थित बुढीतोलामा सञ्चालन भइरहेको बुढीतोला महोत्सव मा सहभागी हुँदै महोत्सवले स्थानीय पर्यटन, कला–संस्कृति तथा आर्थिक गतिविधिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्।


महोत्सवमा सहभागी भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता बिष्टले सुदूरपश्चिमको अत्यन्तै पर्यटकीय सम्भावना बोकेको सुन्दर क्षेत्रमा यति उत्कृष्ट कार्यक्रम आयोजना गरिएकोमा आयोजक टोलीलाई धन्यवाद तथा आभार व्यक्त गरे।


उनले महोत्सवले स्थानीय कला, संस्कृति र पर्यटन क्षेत्रलाई थप उर्जा दिनुका साथै समग्र क्षेत्रीय विकासमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरे।


नेता बिष्टले यस्ता कार्यक्रमले स्थानीय उत्पादन, पर्यटन प्रवर्द्धन र समुदायबीचको एकता मजबुत बनाउने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा विकासमुखी गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन्।


प्रतिक्रिया