चर्चित गायिका देबीका केसी एनआरएनए आईसीसीको जोइन्ट ट्रेजररमा मनोनीत
काठमाडौं — नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम देबीका केसी गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को जोइन्ट ट्रेजरर (सह–कोषाध्यक्ष) पदमा मनोनीत हुनुभएको छ।
सांगीतिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाएकी केसीको यो मनोनयनलाई कला, संस्कृति र गैरआवासीय नेपाली समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ। उहाँ लामो समयदेखि नेपाली कला, संस्कृति र सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ।
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा जोइन्ट ट्रेजररको जिम्मेवारी प्राप्त गरेसँगै आर्थिक व्यवस्थापन, संस्थागत पारदर्शिता तथा विश्वभर रहेका गैरआवासीय नेपालीलाई जोड्ने अभियानमा उहाँको भूमिका महत्वपूर्ण हुने विश्वास गरिएको छ।
देबीका केसीको मनोनयनपछि विभिन्न देशमा रहेका नेपाली समुदाय, शुभेच्छुक तथा कलाकारहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन्।