काठमाडौं — नेपाल सरकारको महान्याधिवक्तामा डा. नारायणदत्त कंडेल नियुक्त हुनु भएकोमा विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ।
यसै क्रममा टन मिडिया ग्रुपले पनि एक विज्ञप्ति जारी गर्दै नवनियुक्त महान्याधिवक्ता कंडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
टन मिडिया ग्रुपले कंडेलको नेतृत्वमा कानुनी शासन सुदृढ हुँदै न्याय प्रणाली अझ प्रभावकारी, पारदर्शी र जनमुखी बन्ने विश्वास व्यक्त गरेको छ। साथै, देशमा विधिको शासन कायम गर्न उहाँको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।
विज्ञप्तिमा कंडेलको अनुभव, ज्ञान र क्षमताले राज्यको कानुनी संरचनालाई मजबुत बनाउन योगदान पुर्याउने उल्लेख गर्दै उहाँको कार्यकाल सफल र उपलब्धिमूलक रहोस् भन्ने कामना गरिएको छ।
नेपाल सरकारका महान्याधिवक्ताको रूपमा उहाँले अब राज्यको कानुनी सल्लाहकारका रूपमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नेछन्।