जापानमा ‘नेपाल हाउस’ अभियानलाई महेश श्रेष्ठ परिवारको साथ, आयोजकद्वारा विशेष धन्यवाद
जापानमा बसोबास गर्ने नेपालीहरूको साझा पहिचान, संस्कृति र भावनालाई एकै स्थानमा जोड्ने उद्देश्यसहित सञ्चालन भइरहेको “नेपाल हाउस” निर्माण अभियानलाई थप ऊर्जा मिलेको छ। “टोकियो सप्ताह २०२५” कार्यक्रममार्फत अभियानलाई सहयोग पुर्याउनेहरूप्रति आयोजक पक्षले आभार व्यक्त गरेको छ।
यस क्रममा पूर्व Non-Resident Nepali Association (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का अध्यक्ष Mahesh Kumar Shrestha तथा उहाँको सम्पूर्ण परिवारप्रति आयोजक परिवारले हार्दिक धन्यवाद तथा गहिरो आभार प्रकट गरेको छ।
आयोजकका अनुसार “नेपाल हाउस” केवल एउटा भवन निर्माणको परियोजना नभई जापानवासी नेपालीहरूको साझा सपना, पहिचान र सांस्कृतिक केन्द्र निर्माण गर्ने अभियान हो। महेश श्रेष्ठ परिवारबाट प्राप्त सहयोगले आर्थिक योगदान मात्र नभई सम्पूर्ण नेपाली समुदायको सामूहिक सपनालाई थप प्रेरणा, आत्मविश्वास र उत्साह प्रदान गरेको उल्लेख गरिएको छ।
एनआरएनए जापानका आयोजकहरूले समुदायप्रतिको उहाँहरूको सद्भाव, अपनत्व र सहयोगी भावनाको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यस्तै सहकार्य र एकता कायम रहने विश्वास व्यक्त गरेका छन्।
साथै, आयोजक परिवारले महेश श्रेष्ठ तथा उहाँको परिवारको सुख, शान्ति, सुस्वास्थ्य र निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै “नेपाल हाउस” निर्माण अभियानलाई सफल बनाउन सबै जापानवासी नेपालीलाई एकताबद्ध हुन आह्वान गरेका छन्।