दार्चुला — महाकाली नगरपालिका–४ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगरमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्ती हत्या अवस्थामा फेला परेको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार, हवल्दार घर्ती मंगलबार बिहान स्थानीय पूजा बियर बारको बाहिर पट्टी मृत अवस्थामा भेटिएका हुन्।
घर्तीको हत्या गरेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। प्रजिअ पौडेलले भने, “मंगलबार बिहान प्रहरी हवल्दारको शव भेटिएको हो। हत्या आशंकामा अनुसन्धान भइरहेको छ। दुई जनालाई नियन्त्रणमा लिइएको छ। अनुसन्धानपछि बाँकी कुरा खुल्नेछ।”
प्रहरी अनुसन्धान जारी राखेको र घटनाका कारणबारे थप विवरण छिट्टै सार्वजनिक हुने अपेक्षा गरिएको छ।
10 February 2026