रास्वपाले समानुपातिकमा ५० लाख मत कटायो, सबैभन्दा अगाडि

theoutsidenepal.com

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाखभन्दा बढी मत प्राप्त गर्दै अग्रता कायम गरेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अहिलेसम्म १ करोड ४ लाख १९ हजार २३४ मत गणना भइसकेको छ।


गणनामा रास्वपा ले ५० लाख ५२ मत प्राप्त गरेको छ।

यसैगरी नेपाली कांग्रेस ले १६ लाख ९२ हजार ७८६, नेकपा (एमाले) ले १४ लाख ११ हजार ४२९, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ६ लाख ६६ हजार ८७५ मत प्राप्त गरेका छन्।


त्यस्तै श्रम संस्कृति पार्टी ले ३ लाख ५८ हजार ४१५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २४ हजार ८८१ मत प्राप्त गरेका छन्।


हालसम्मको परिणामअनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपा ले प्रतिनिधिसभा समानुपातिकतर्फ आवश्यक ३ प्रतिशत थ्रेसहोल्ड पूरा गरेका छन्।


यसपटकको प्रतिनिधिसभा निर्वाचनमा झन्डै १ करोड १० लाख मत खसेको थियो। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको सम्पूर्ण मतगणना आज बेलुकासम्म सकिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया