Non-Resident Nepali Association – NRNA National Coordination Council USA को अन्तर्राष्ट्रिय महिला दिवस विशेष कार्यक्रमलाई अध्यक्ष सतेन्द्र शाहको शुभकामना
काठमाडौं ।Non-Resident Nepali Association National Coordination Council USA (एनआरएनए एनसीसी अमेरिका) का अध्यक्ष सतेन्द्र शाहले अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को अवसरमा आयोजना हुन लागेको विशेष अन्तरक्रिया कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गर्नुभएको छ।
एनआरएनए एनसीसी अमेरिका र USNepalToday.com को संयुक्त आयोजनामा “एनआरएन र दोस्रो पुस्ताका युवा महिला” विषयक विशेष कार्यक्रम फेब्रुअरी २१, २०२६ (शनिबार) आयोजना हुँदैछ। कार्यक्रम बिहान ९:३० बजे (EST) तथा बेलुका ८:१५ बजे (काठमाडौं समय) सञ्चालन हुनेछ।
अध्यक्ष शाहले आफ्नो शुभकामना सन्देशमा महिला नेतृत्व, दोस्रो पुस्ताका युवा महिलाको भूमिका तथा अवसर र चुनौतीबारे खुला छलफल हुने यस कार्यक्रमले एनआरएन समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले विश्वभर रहेका नेपाली महिलाहरूलाई सशक्तिकरण र नेतृत्वको यात्रामा अघि बढ्न प्रेरणा मिल्ने उल्लेख गर्नुभयो।
कार्यक्रममा वरिष्ठ पत्रकार तथा NtvWorld की सिनियर न्यूज एडिटर शिवानी थापा बस्न्यातले संयोजन (Moderator) गर्नुहुनेछ। त्यसैगरी वक्ताको रूपमा एनआरएन–एनसीसी बेल्जियमकी पूर्व महासचिव रुबिना शर्मा, एनआरएन सदस्य आशा चौधरी र ओजस्वी एल. प्रधानको सहभागिता रहनेछ।
कार्यक्रम संयोजकको भूमिकामा एनआरएनए एनसीसी अमेरिका उपाध्यक्ष सुनिता खत्री नेपाल र कम्युनिटी एंगेजमेन्ट प्रतिनिधि सरिता गुरुङ रहने आयोजकले जनाएको छ।
उक्त कार्यक्रम फेसबुक Live मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। अध्यक्ष शाहले सम्पूर्ण एनआरएन समुदाय, महिला दिदीबहिनी तथा युवा पुस्तालाई कार्यक्रममा सहभागी भई अन्तर्राष्ट्रिय महिला दिवस २०२६ लाई अर्थपूर्ण बनाउन आग्रह गर्नुभएको छ।
“महिला सशक्तिकरण र नेतृत्व विकास आजको आवश्यकता हो। दोस्रो पुस्ताका युवतीहरूको सक्रिय सहभागिताले एनआरएन अभियान अझ सुदृढ हुनेछ,” अध्यक्ष शाहको शुभकामना सन्देशमा उल्लेख छ।