कैलाली–४ मा गोरख बहादुर विष्ट ‘आनन्द’ अगाडि, जनमत बलियो

theoutsidenepal.com

कैलाली । कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर बिष्ट (आनन्द) को पक्षमा जनमत सशक्त देखिएको दाबी गरिएको छ। विदेशमा रहँदा जनसम्पर्क समिति अमेरिकाका पूर्व सभापतिका रूपमा सक्रिय भूमिका निर्वाह गरेका उनले प्रवासमा नेपालीहरूलाई संगठित गर्दै सहयोग र सहकार्यको सञ्जाल विस्तार गरेका थिए।


अमेरिकामा जनसम्पर्क समिति गठन र सुदृढीकरणमा योगदान पुर्‍याउँदै दुःख–सुखमा नेपाली समुदायसँग उभिएको अनुभवलाई अब स्वदेशमै उपयोग गर्ने उद्देश्यसहित उनी नेपाल फर्किएको उनका समर्थकहरू बताउँछन्। “नेपालमै केही गर्नुपर्छ” भन्ने अठोटका साथ मैदानमा उत्रिएका आनन्द स्थानीय मुद्दा, रोजगारी, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै चुनावी अभियानमा जुटेका छन्।


कांग्रेसभित्र पनि उनको उम्मेदवारीलाई शीर्ष नेताहरूको साथ रहेको चर्चा छ। पार्टीका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा ले विश्वासका साथ टिकट दिएको भन्दै कार्यकर्ताहरू उत्साहित देखिन्छन्।


घरदैलो अभियान र सभाहरूमा देखिएको सहभागिताले कैलाली–४ मा कांग्रेसको स्थिति मजबुत बन्दै गएको दाबी गरिएको छ। स्थानीय स्तरमा “प्रिय मान्छे” को छवि बनाएका आनन्दलाई विकासमुखी, मिलनसार र समन्वयकारी नेताका रूपमा प्रस्तुत गरिएको छ।


राजनीतिक वृत्तमा चर्चा छ—कैलाली–४ मा यसपटक प्रतिस्पर्धा रोचक भए पनि गोरख बहादुर विष्ट (आनन्द) जित्ने दाउमा अगाडि देखिएका छन्। समर्थकहरूको भनाइमा, जनमत उनको पक्षमा स्पष्ट रूपमा झुकेको छ र परिणामले त्यो संकेत पुष्टि गर्ने विश्वास व्यक्त गरिएको छ।


प्रतिक्रिया