टिका गुरुङ–राधिकाद्वारा एनआरएनए आईसीसी महिला उपाध्यक्षमा उम्मेदवारी दर्ता

theoutsidenepal.com

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को महिला उपाध्यक्ष पदका लागि टिका गुरुङ–राधिकाले उम्मेदवारी दर्ता गरेकी छन्।


प्रवासमा रहेका नेपाली महिलाको नेतृत्व, सहभागिता र सशक्तीकरणलाई अझ बलियो बनाउने उद्देश्यसहित उनले आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी हुन्। एनआरएनए अभियानलाई एकताबद्ध, पारदर्शी र प्रभावकारी बनाउँदै विश्वभरका नेपाली महिलाको आवाजलाई संस्थागत रूपमा अघि बढाउने आफ्नो प्रतिबद्धता उनले व्यक्त गरेकी छन्।


टिका गुरुङ–राधिका लामो समयदेखि प्रवासमा बसेर सामाजिक अभियान, महिला नेतृत्व विकास र नेपाली समुदायको हितमा सक्रिय रहँदै आएकी छन्। उनको उम्मेदवारीसँगै एनआरएनएभित्र महिला सहभागिता र नेतृत्व अझ सशक्त हुने अपेक्षा गरिएको छ।


उनको उम्मेदवारीप्रति विभिन्न देशमा रहेका नेपाली समुदाय र महिला अभियन्ताहरूबाट सकारात्मक प्रतिक्रिया आएको बताइएको छ।


प्रतिक्रिया