गृहमन्त्रीविरुद्धको समाचार विवादपछि सम्भव सिरोयाको कान्तिपुरबाट राजीनामा

theoutsidenepal.com

गृहमन्त्रीविरुद्धको समाचार विवादपछि सम्भव सिरोयाको कान्तिपुरबाट राजीनामा


द टन न्युज ,काठमाडौं:तत्कालीन गृहमन्त्री सुदन गुरुङविरुद्ध प्रकाशित समाचारलाई लिएर उत्पन्न विवादका बीच कान्तिपुर मिडिया ग्रुपका सम्भव सिरोयाले राजीनामा दिएका छन्। उनले औपचारिक रूपमा आफ्नो पदबाट राजीनामा बुझाएका हुन्।


सिरोयाले सरकारले काम गरिरहेकै अवस्थामा आफ्नै मिडियाबाट गलत तरिकाले समाचार सम्प्रेषण गरिएको भन्दै असन्तुष्टि जनाएका थिए। उनले उक्त समाचारप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत पनि प्रतिक्रिया दिएका थिए।


बिहानै उनले सुदन गुरुङविरुद्ध प्रकाशित समाचार सेयर गर्दै त्यसको सत्यता र प्रस्तुतीकरणप्रति गम्भीर प्रश्न उठाएका थिए। त्यसपछि उत्पन्न परिस्थितिमा उनले पदबाट अलग हुने निर्णय लिएको बताइएको छ।


यस घटनाले मिडिया भित्रको आन्तरिक असहमति तथा समाचार सम्प्रेषणको विश्वसनीयताबारे पुनः बहस सिर्जना गरेको छ। पत्रकारिता क्षेत्रभित्र सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीबीच सन्तुलन कायम गर्ने विषयमा समेत यो प्रकरणले ध्यानाकर्षण गराएको छ।


कान्तिपुर मिडिया ग्रुपले भने यस विषयमा औपचारिक धारणा सार्वजनिक गर्न बाँकी रहेको छ।


प्रतिक्रिया