ज्येष्ठ नागरिक अगुवा नारायणबहादुर कुँवरको निधनप्रति समाजसेवी राजसान्ति सुनारद्वारा भावपूर्ण श्रद्धाञ्जली

theoutsidenepal.com

ज्येष्ठ नागरिक अगुवा नारायणबहादुर कुँवरको निधनप्रति समाजसेवी राजसान्ति सुनारद्वारा भावपूर्ण श्रद्धाञ्जली

लमजुङ । ज्येष्ठ नागरिक जिल्ला संघ, लमजुङका अध्यक्ष, ज्येष्ठ नागरिक समाज भोटेओडारका संस्थापक तथा पूर्व राष्ट्रसेवक एवं समाजसेवी नारायणबहादुर कुँवरको निधनप्रति बेलायतमा बस्दै आउनुभएका वरिष्ठ समाजसेवी राजसान्ति सुनारले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

कुँवरको निधनको दुःखद् खबरले आफू अत्यन्त मर्माहत भएको उल्लेख गर्दै समाजसेवी सुनारले उहाँको सामाजिक योगदान र ज्येष्ठ नागरिकको हकहितका लागि पुर्‍याउनुभएको भूमिकाको स्मरण गर्नुभएको छ।

कुँवरले भोटेओडार–सुन्दरबजार नगर विकास समितिको पूर्व अध्यक्षका रूपमा समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो। पूर्व राष्ट्रसेवकका रूपमा आफ्नो जीवन समर्पित गर्नुभएका कुँवर पछिल्लो समय ज्येष्ठ नागरिकको अधिकार, सम्मान र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहनुभएको थियो।

समाजसेवी सुनारले दिवंगत कुँवरको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।

सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व कुँवरको निधनले लमजुङको ज्येष्ठ नागरिक तथा सामाजिक क्षेत्रले एक अनुभवी र समर्पित व्यक्तित्व गुमाएको सुनारको श्रद्धाञ्जली सन्देशमा उल्लेख छ।


प्रतिक्रिया