केपी शर्मा ओलीको अदालतमा बयान: ‘दोषी उम्किनु हुँदैन’

theoutsidenepal.com

काठमाडौं । पूर्व प्रधानमन्त्री के पी शर्मा ओली ले अदालतमा दिएको बयान सार्वजनिक भएको छ। उनले आफू निर्दोष रहेको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन्।


अदालतमा दिएको बयानमा ओलीले प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश नदिने स्पष्ट पार्दै आफ्नो कुनै प्रत्यक्ष दोष नरहेको बताएका छन्। आपतकालीन अवस्थामा सुरक्षाकर्मीहरूसँग समन्वय अपेक्षित रूपमा हुन नसकेको उल्लेख गर्दै उनले त्यसकै कारण आफूले राजीनामा दिनुपर्ने अवस्था आएको बताएका छन्।


त्यस्तै, भीडमा मानिसको मृत्यु भएको खबरले आफू अचम्मित भएको उल्लेख गर्दै उनले घटनाको कारण र प्रक्रियाबारे गम्भीर छानबिन आवश्यक रहेको बताए। शान्तिपूर्ण आन्दोलन भनिएको अवस्थामा निषेधाज्ञा किन तोडियो र कसरी द्वन्द्व सिर्जना भयो भन्ने विषयमा पनि अनुसन्धान हुनुपर्ने उनको भनाइ छ।


ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै दोषी जोसुकै भए पनि उम्किन नहुने स्पष्ट पारेका छन्। घटनामा संलग्न भई राज्यको सम्पत्ति जलाउनेदेखि भीड उत्तेजित पार्नेसम्मका गतिविधिमा संलग्न सबैमाथि निष्पक्ष कारबाही हुनुपर्ने उनले जोड दिएका छन्।


अन्त्यमा उनले राष्ट्रको हितमा काम गर्दा विभिन्न स्वार्थ समूहबाट अनावश्यक आरोप खेप्नुपरेको समेत बताएका छन्।


प्रतिक्रिया