फुकुओका नेपाल फेस्टिवलमा एनआरएनए आईसीसीका वरिष्ठ उपाध्यक्ष रोविन शेरचनको दमदार उपस्थिति

theoutsidenepal.com

Fukuoka Nepal Festival मा Non-Resident Nepali Association (NRNA-ICC) का वरिष्ठ उपाध्यक्ष रोविन शेरचन प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। Fukuoka मा क्यूशु क्षेत्रीय समितिको आयोजनामा सुरु भएको उक्त फेस्टिवलले प्रवासी नेपाली समुदायको एकता, संस्कृति र पहिचानलाई उजागर गरेको छ।


कार्यक्रमलाई सम्बोधन गर्दै शेरचनले विदेशी भूमिमा रहेर पनि नेपालीहरूले आफ्नो कला, भाषा र संस्कृतिलाई जोगाउँदै विश्वसामु प्रस्तुत गरेकोमा गर्व व्यक्त गरे। उनले क्यूशु क्षेत्रमा रहेका नेपालीहरूको मेहनत, संघर्ष र सफलताको यात्रालाई प्रेरणादायी उदाहरणका रूपमा उल्लेख गरे।


उनका अनुसार जापानी समुदायको आत्मीय सहयोग र सहभागिताले कार्यक्रमलाई अझ भव्य र अर्थपूर्ण बनाएको छ। उनले यस्ता कार्यक्रमहरूले नेपाल–जापानबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरे।


शेरचनले Non-Resident Nepali Association को भूमिकाबारे प्रकाश पार्दै प्रवासी नेपालीहरूले नेपालको आर्थिक विकास, पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहिचान निर्माणमा महत्वपूर्ण योगदान दिइरहेको बताए। विशेषगरी जापानमा रहेका नेपालीहरूले आफ्नो सीप, अनुभव र नेटवर्कमार्फत नेपाललाई विश्वसामु चिनाउने काम सराहनीय रहेको उनको भनाइ थियो।


उनको उपस्थितिले फेस्टिवलमा थप ऊर्जा र उत्साह थपिएको आयोजकले बताएका छन्।


प्रतिक्रिया